पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन

पाेखरा | असार १४, २०८०

पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन

पोखरा: पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन चयन भएका छन् । 

 

पोखरामा सम्पन्न क्रिकेट प्रेमीहरुको भेलाले पुनको अध्यक्षतामा ७ सदस्यिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रधान  सचिवमा कपिल देव गौतम तथा कोषाध्यक्षमा ऋषिकेश सर्मा पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा भरत थापा, देवी लामा, र अभिनय श्रेष्ठ चयन भए ।

 

नवनिर्वाचित अध्यक्ष पुनले कास्कीमा ग्रासरुट क्रिकेट विकासका लागि अभियानको थालनी गर्ने बताए । यसका लागि पोखरा महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा क्रिकेटका कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए ।

 

पोखरामा रहेका विभिन्न क्लवहरुविच क्रिकेटका प्रतिस्पर्धात्मक कार्यक्रम गरिने, खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइने, महानगरभित्रका वडाहरुविच वडा कप प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु अघि सारिने पुनको भनाई छ । त्यसैगरि अन्तर महानगरिय मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने समितिको योजना रहेको अध्यक्ष पुनले बताए । यि सबै कार्यक्रमका लागि कास्की जिल्ला क्रिकेट संघसंग समन्वय गरिने पुनको भनाई छ ।

 

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको विशेष उपस्थितीमा उक्त समिति निर्माण गरिएको हो । सो अवसरमा खड्काले नेपालमा क्रिकेटको लोकप्रियता निकै माथि पुगेको बताए । ‘हाम्रो देशले विश्वकप खेल्न सक्ने खेल क्रिकेटनै हो, यसमा सम्भावनानै सम्भावना छ’–खड्काले भने । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरु सफल पार्न समितिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

थप पढ्नुहोस्